भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली  « Khabarhub

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर, गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसहित २१ सदस्यीय टोली अध्ययन भ्रमणका लागि भारत प्रस्थान गरेको छ।

भारत सरकारको क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत आयोजना गरिएको भ्रमणमा टोलीले भारतको हैदराबादस्थित राष्ट्रिय ग्रामीण विकास तथा पञ्चायती राज संस्थानमा कृषि, दिगो विकास र सुशासनसम्बन्धी विशेष तालिम लिनेछ।

भारतीय पक्षका अनुसार यो कार्यक्रम नेपाल र भारतबीच ज्ञान आदानप्रदान, संस्थागत क्षमता अभिवृद्धि तथा दुई देशबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको हो।

हालका वर्षहरूमा स्थानीय तहका नेपाली जनप्रतिनिधिहरूको भारत अध्ययन भ्रमणको यो चौथो टोली हो। 

यसअघि कोशी प्रदेशको सङ्खुवासभा, कर्णाली प्रदेशको हुम्ला तथा सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी र दार्चुलाका स्थानीय तहका प्रतिनिधिमण्डलले पनि यस्तै अध्ययन भ्रमण गरेका थिए।

भारतीय पक्षले यस्ता कार्यक्रममार्फत नेपाल र भारतबीच स्थानीय तहको स्तरमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउँदै लगिएको जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ८ : ११ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको