राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले « Khabarhub

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाएका छन्।

वाग्लेले बुधबार बिहान ९ बजे राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा बोलाएका हुन्।

साउन १२ गते उद्योगीहरूसँग छलफल गरेका अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेका थिए।

उद्योगी र बैंकरहरूले मौद्रिक नीतिसँग सम्बन्धित विषय छलफलमा प्रस्तुत गरेका थिए।

अर्थ मन्त्रालयमा भएको उद्योगी र बैंकरहरूसँगको छलफलमा राष्ट्र बैंकको प्रतिनिधि सहभागी थिएनन्।

बुधबार हुने राष्ट्र बैंकको कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्रीले गर्ने छलफलमा राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र डेपुटी गभर्नर किरण पण्डितलाई भने नबोलाइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ८ : ५५ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले