अस्मिताले पाइन् घरमै नागरिकता « Khabarhub

अस्मिताले पाइन् घरमै नागरिकता


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ‘क’ वर्गको अपाङ्गता भएकी १७ वर्षीया पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन् ।

मानसिक अपाङ्गताका कारण अस्मिताले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता लिन सकेकी थिइनन् । प्रमुख जिल्ला अधिकारी अर्यालसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीले बिहीबार घरमै पुगेर सेवा दिएको हो ।

सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले घरमै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्। अस्मिताले नागरिकता प्राप्त गरेपछि सरकार र स्थानीय तहबाट अशक्त नागरिकले पाउने सुविधा पाउने छिन् । 

जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ । 

‘दशवटै पालिकाले नागरिकता लिने उमेर पुगेका तर शारीरिक रूपमा अशक्त तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या भएका व्यक्तिको विवरण संकलन गरिरहेका छन्’, प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन्, ‘सोही विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी उहाँहरूको ठाउँघरमै पुगेर नागरिकता वितरण गर्दै आएका र्छौँ ।’
 

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ६ : ३७ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो