अस्मिताले पाइन् घरमै नागरिकता « Khabarhub

अस्मिताले पाइन् घरमै नागरिकता


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ‘क’ वर्गको अपाङ्गता भएकी १७ वर्षीया पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन् ।

मानसिक अपाङ्गताका कारण अस्मिताले जिल्ला प्रशासन कार्यालयसम्म पुगेर नागरिकता लिन सकेकी थिइनन् । प्रमुख जिल्ला अधिकारी अर्यालसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीले बिहीबार घरमै पुगेर सेवा दिएको हो ।

सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले घरमै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्। अस्मिताले नागरिकता प्राप्त गरेपछि सरकार र स्थानीय तहबाट अशक्त नागरिकले पाउने सुविधा पाउने छिन् । 

जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ । 

‘दशवटै पालिकाले नागरिकता लिने उमेर पुगेका तर शारीरिक रूपमा अशक्त तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न समस्या भएका व्यक्तिको विवरण संकलन गरिरहेका छन्’, प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन्, ‘सोही विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी उहाँहरूको ठाउँघरमै पुगेर नागरिकता वितरण गर्दै आएका र्छौँ ।’
 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ६ : ३७ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा