पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा « Khabarhub

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको बताएका छन् ।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवन पद्धतिको अनुपम सङ्गम भएको सुन्दर राष्ट्र रहेको उल्लेख गरेका हुन्।

उनले नेपालका विभिन्न जातजातिका आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज तथा चाडपर्व रहेको बताउँदै यस्ता सांस्कृतिक विविधताले नेपाली समाजलाई थप समृद्ध बनाएको धारणा व्यक्त गरेका छन् ।

सभापति थापाले भगवान् श्रीकृष्णको जन्म भएको पावन दिनको स्मरणमा मनाइने श्रीकृष्ण जन्माष्टमी सत्य, न्याय, कर्तव्य, प्रेम, करुणा र मानव कल्याणका आदर्शलाई आत्मसात् गर्ने प्रेरणादायी पर्वका रूपमा रहेको बताएका छन् ।

त्यस्तै, सुदूरपश्चिमको समृद्ध मौलिक संस्कृति, आस्था र परम्परासँग अभिन्न रूपमा जोडिएको गौरा पर्व नेपाली सांस्कृतिक गौरव, सामाजिक एकता र पारिवारिक आत्मीयताको जीवन्त प्रतीक भएको उनको भनाइ छ।

सभापति थापाले दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, एकता र भाइचाराको भावना अझ बलियो बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ६ : ५२ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण