काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ? « Khabarhub

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका धेरै मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान सम्म दिएको अध्यावधिक विवरण अनुसार बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुख सडक खण्ड प्रभावित बनेका छन्।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ-७ स्थित कृष्णभिरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको परेवा भिरमा साना गाडी एक लेनमा र कमेरेभिरमा एकतर्फी मात्रै सञ्चालन भइरहेका छन्। यता काठमाडौँ-धादिङ जोड्ने चन्द्रागिरि-२ चिसापानीमा पनि पहिरोका कारण एकतर्फी मात्रै गाडी चलिरहेका छन्।

काभ्रेस्थित बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबँसी खण्डमा साँझ ७ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ भने १० टनसम्मका मालवाहक सवारीलाई दिउँसोको समयमा सञ्चालन गर्न दिइएको छ। रसुवाका सबै मुख्य राजमार्ग तथा उत्तरगयाको त्रिशुली मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प छन्। नुवाकोटको पासाङ ल्हामु सडक खण्ड (सिमटार) अवरुद्ध छ भने टोखा-छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

त्यस्तै, कर्णाली प्रदेशको मुगु-गमगढी सडक खण्ड (छायाँनाथ रारा-४ ताल्चा) पहिरोका कारण बन्द छ। लुम्बिनी प्रदेशको रोल्पास्थित सहिदमार्ग तथा घोराही-थवाङ मार्ग र अर्घाखाँचीको सालझण्डी-ढोरपाटन सडक खण्ड पनि पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध बनेका छन्। प्रहरीले राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ७ : २१ बजे

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र