बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री « Khabarhub

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) २७ टन राहत सामग्री लिएर काठमाडौं आइपुगेको छ।

सीएफआरडीले सञ्चालन गरेको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

बाढीको लेदो र ढुंगासहितको तीव्र बहावले बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याएपछि सीएफआरडीको नेपाल कार्यालयले तत्काल आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गरी प्रभावित क्षेत्रमा मूल्यांकन र राहत वितरण सुरु गरेको थियो।

पहिलो चरणमा चीनबाट ल्याइएको राहत सामग्रीमा १७५ पाल, १ हजार कम्बल, १ हजार न्यानो कपासका कोट, १ हजार आपतकालीन मानवीय राहत बाकस र ६ हजार मेडिकल प्याकिङ ब्याग छन्।

करिब २७ टन तौलका यी सामग्रीको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको सीएफआरडीले जनाएको छ। नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँगको समन्वयमा सामग्री रसुवा प्रभावित क्षेत्रमा पठाइने छ।

यसअघि सीएफआरडीले नुवाकोट क्षेत्रमा १४ पाल, ५०० खाद्यान्न प्याकेज, ५०० परिवारका जीवनयापन सामग्री र ५ हजार सौर्य बत्ती उपलब्ध गराउने काम अघि बढाइसकेको छ। खाद्यान्न प्याकेजमा चामल, तेल र दाललगायतका सामग्री छन्।

सीएफआरडीले प्रभावित समुदायको बदलिँदो आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाएको छ। राहत सामग्री जुटाउन हाइफ्लायर क्वान्ट, बेइजिङ टोङसिनयुआन र झेजियाङ अन्जिहुईलगायत चिनियाँ उद्यम तथा सहयोगीहरूले योगदान गरेका छन्।

नेपालमा सीएफआरडीको मानवीय सहकार्य भने नयाँ होइन। २०७२ सालको भूकम्पपछि नेपालमा आपतकालीन उद्धार र पुनर्निर्माणबाट सुरु भएको संस्थाको संलग्नता समुदाय विकास, युवा तालिम, स्वच्छ खानेपानी, कृषि विकास तथा विपद् व्यवस्थापनसम्म फैलिएको छ। 

कोभिड-१९ महामारी तथा जाजरकोट, सिन्धुपाल्चोक र गोरखाका विपत्तिमा पनि संस्थाले सहयोग गरेको जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ७ : ३७ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको