गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस् « Khabarhub

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको कमाण्ड सम्हाल्दै सबै सुरुङमा फसेका नागरिकको जीवनरक्षाका लागि तत्काल राज्यशक्ति र आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गरेका छन् ।

उनले शुक्रबार समाजिक सञ्जालमा लेख्दै आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन र सम्बन्धित आयोजना तथा प्राविधिकसँग समन्वय गर्न पनि सुझाव दिएका हुन् ।

‘गृहमन्त्रीज्यू प्लिज तपाईँ कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्,’ उनले भनेका छन् ।

महरले गृहमन्त्रीले अक्सिजन सिलिन्डर बोक्नुभन्दा उद्धारको समन्वय, निर्णय र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन् । ‘तपाईँको काम त्यो अक्सिजन सिलिन्डर बोक्ने होइन। तपाईँले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ,’ उनले भनेका छन् ।

सामाजिक सञ्जालमा भाइरल हुनेभन्दा टनेलमा फसेका नागरिकको जीवन रक्षा गर्न सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरेका छन् ।

महरले सिलिन्डर बोक्ने काम उद्धारमा खटिएका सुरक्षाकर्मीले गर्न सक्ने भन्दै गृहमन्त्रीले त्यसभन्दा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने बताएका छन् ।

‘त्यो सिलिन्डर बोक्ने काम त त्यहाँ खटिएको एक जना प्रहरी जवानले गरिहाल्नुहुन्छ नि। त्यसका लागि गृहमन्त्री चाहिँदैन,’ महरको भनाइ छ।

यस्तो छ उनको भनाइ :

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १२ : ०३ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न