नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन् काइरोस हेलिक्स कम्पनी « Khabarhub

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन् काइरोस हेलिक्स कम्पनी


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस हेलिक्स स्थापना गरेकी छन् । 

कम्पनीले जीवन विज्ञान क्षेत्रमा क्लिनिकल ट्रायलबाट सिर्जना हुने ज्ञानलाई कसरी संकलन, एकीकृत र प्रयोग गर्ने भन्ने प्रक्रियालाई रूपान्तरण गर्ने उद्देश्य राखेको छ ।

अधिकारीका अनुसार क्लिनिकल ट्रायलका क्रममा ठूलो मात्रामा प्रोटोकल, प्रतिवेदन, सञ्चालनसम्बन्धी तथ्यांक तथा विशेषज्ञका निर्णयहरू सिर्जना हुन्छन् । तर, महत्त्वपूर्ण ज्ञान प्रायः विभिन्न प्रणालीमा विभाजित भएर रहने भएकाले अनुसन्धानकर्ता तथा संस्थाहरूले विगतका ट्रायलबाट प्रभावकारी रूपमा सिक्ने र त्यसबाट प्राप्त ज्ञानलाई भविष्यका अध्ययनमा प्रयोग गर्ने क्षमतामा सीमितता देखिने गरेको छ ।

काइरोस हेलिक्सले आर्टिफिसियल इन्टेलिजेन्स, तथ्यांकशास्त्र तथा प्रमाणमा आधारित प्रणालीहरूको संयोजनमार्फत संचित क्लिनिकल ट्रायलसम्बन्धी ज्ञानलाई प्रयोगयोग्य बौद्धिक सूचनामा रूपान्तरण गर्ने प्रविधि विकास गरिरहेको छ । 

कम्पनीले हालसम्म २५ सदस्यीय टोली गठन गरिसकेको छ ।  

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १ : २६ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको