यमनमा झडपमा ८१ लडाकू मारिए « Khabarhub

यमनमा झडपमा ८१ लडाकू मारिए


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी झडपमा कम्तीमा ८१ लडाकू मारिएका छन् । सैन्य तथा चिकित्सकीय स्रोतका अनुसार सरकारी फौजतर्फ ३९ र हुथीतर्फ ४२ जनाको मृत्यु भएको छ ।

लाल सागरको तटीय क्षेत्र र ताइजमा भएको भिडन्तमा हुथीहरूले रकेट, ड्रोन तथा स्थल आक्रमण गरेपछि झडप चर्किएको हो । सरकारी स्रोतका अनुसार हुथीहरूले रणनीतिक बन्दरगाह सहर मोखालाई अन्य सरकारी नियन्त्रणका क्षेत्रबाट अलग पार्दै बाब अल–मन्दब जलघाँटी आसपास अघि बढ्ने प्रयास गरिरहेका छन् ।

एक दशकभन्दा लामो गृहयुद्धमा फसेको यमनमा सन् २०२२ को युद्धविराम कमजोर बनेपछि पुनः सैन्य तनाव बढेको छ ।

हुथीहरूले राजधानी सानासहित ठूलो भूभाग नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले समर्थन गर्दै आएको छ ।
 

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १ : ४७ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ