यमनमा झडपमा ८१ लडाकू मारिए « Khabarhub

यमनमा झडपमा ८१ लडाकू मारिए


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी झडपमा कम्तीमा ८१ लडाकू मारिएका छन् । सैन्य तथा चिकित्सकीय स्रोतका अनुसार सरकारी फौजतर्फ ३९ र हुथीतर्फ ४२ जनाको मृत्यु भएको छ ।

लाल सागरको तटीय क्षेत्र र ताइजमा भएको भिडन्तमा हुथीहरूले रकेट, ड्रोन तथा स्थल आक्रमण गरेपछि झडप चर्किएको हो । सरकारी स्रोतका अनुसार हुथीहरूले रणनीतिक बन्दरगाह सहर मोखालाई अन्य सरकारी नियन्त्रणका क्षेत्रबाट अलग पार्दै बाब अल–मन्दब जलघाँटी आसपास अघि बढ्ने प्रयास गरिरहेका छन् ।

एक दशकभन्दा लामो गृहयुद्धमा फसेको यमनमा सन् २०२२ को युद्धविराम कमजोर बनेपछि पुनः सैन्य तनाव बढेको छ ।

हुथीहरूले राजधानी सानासहित ठूलो भूभाग नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले समर्थन गर्दै आएको छ ।
 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १ : ४७ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण