सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु « Khabarhub

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका श्रमिकमध्ये शुक्रबार बिहान दुई जनालाई जीवितै उद्धार गरिएपछि परिवारमा खुसी फर्किएको छ।

जीवितै उद्धार गरिएकामध्ये सप्तरीका ३२ वर्षीय सुपरभाइजर सञ्जय साह पनि छन्। नेपाल विद्युत् प्राधिकरण, सम्बन्धित कम्पनी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरुङबाट उद्धार गरेलगत्तै साहलाई हेलिकप्टरमार्फत् नुवाकोटको बट्टार लगिएको थियो।

त्यहाँबाट थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि उनलाई काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याइएको छ।

१० दिनदेखि छोराको कुनै अत्तोपत्तो नहुँदा सप्तरीमा रहेका सञ्जयका बुवा रामफल साहसहित परिवार गहिरो मानसिक पीडामा थियो। शुक्रबार बिहान छोरा जीवितै उद्धार भएको खबर पाएपछि भने परिवारमा खुसीका आँसु थामिन सकेनन्।

‘उसलाई कहिले देखूँ, कहिले भेटूँ भइरहेको छ। छातीमा आगोजस्तो बलिरहेको छ। निकै पीडा भइरहेको थियो। उसकी आमा बेहोस अवस्थामा थिइन्,’ रामफलले भावुक हुँदै बीबीसीसँगभने।

शुक्रबार बिहान घरमै रहेका बेला मोबाइलमा छोराको उद्धार गरिएको फोटो र भिडियो देखेपछि आफूले भगवानलाई धन्यवाद दिएको उनले बताए।

‘मोबाइलमा छोरा उद्धार भएको फोटो र भिडियो देखेँ। त्यसपछि भगवानलाई धन्यवाद दिएँ,’ उनले भने।

सञ्जयको अवस्था बुझ्न तथा उनलाई भेट्न उनका भाइसहित परिवारका अन्य सदस्य काठमाडौंका लागि हिँडिसकेका छन्। १० दिनसम्म छोराको अवस्थाबारे कुनै जानकारी नपाएका परिवारका लागि जीवितै उद्धार भएको खबर ठूलो राहत बनेको छ।

सञ्जयसँगै उद्धार टोलीले अर्का श्रमिक कविर महर्जनलाई पनि सुरुङबाट जीवितै बाहिर निकालेको छ। दुवै जनाको घटनास्थलमै नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। त्यसपछि उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

सञ्जयको जीवित उद्धारले सुरुङभित्र अझै रहेका श्रमिकको खोज तथा उद्धारमा पनि आशा जगाएको छ। उद्धार गरिएका सञ्जयले सुरुङभित्र अझै केही साथीहरू रहेको बताएका छन्।

१० दिनसम्म सुरुङभित्र फसेर पनि जीवितै बाहिर निस्किएका सञ्जयको उद्धारले भोटेकोशी बाढीले निम्त्याएको अकल्पनीय विनाशबीच आशाको एउटा किरण देखाएको छ। अब सुरुङभित्र रहेका अन्य श्रमिकहरू पनि सकुशल बाहिर निस्किऊन् भन्ने प्रार्थना परिवारदेखि देशभर भइरहेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  २ : ३९ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण