नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू) « Khabarhub

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौं–नुवाकोटतर्फ आवतजावत गर्ने दर्जनौँ सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् ।

आवतजावत ठप्प हुँदा नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री बोकेका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन् ।

स्काभेटर प्रयोग गरी पहिरो पन्छ्याउने काम भइरहेको छ । ठूलो पहिरो भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही घण्टा लाग्न सक्ने सुरक्षाकर्मी तथा पहिरो पन्छाउने काममा खटिएका कामदारले बताएका छन् ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  २ : ५७ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको