काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान बनाएकी छिन् । ४९ वर्षिया मेलोनी सन् २०२२ अक्टोबर २२ देखि इटालीको प्रधानमन्त्री छिन् ।
बिहीबार १४१३ दिनसम्म पदमा रहेपछि उनी दोस्रो विश्वयुद्धपछि इटालीमा लगातार सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहने नेतृ बनेकी छिन् । उनी यस पदमा पुग्ने पहिलो महिला पनि हुन् ।
यसै सन्दर्भमा मेलोनीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बधाई दिएका छन् । प्रधानमन्त्री मोदीले यो उपलब्धिले उनको नेतृत्वप्रति इटालीका जनताको भरोसा र विश्वासलाई झल्काएको बताएका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’मा एक प्रधानमन्त्री मोदीले बधाई सन्देशमा लेखेका छन्, “इटालीको युद्धोत्तर इतिहासमा लगातार सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएकोमा मेरी मित्र प्रधानमन्त्री मेलोनीलाई बधाई। यो उपलब्धिले उहाँको नेतृत्वमा इटालीका जनताको भरोसा र विश्वासलाई दर्शाउँछ। भारत-इटाली विशेष रणनीतिक साझेदारीलाई बलियो बनाउन उहाँको मित्रताको ठूलो भूमिका रहेको छ र म हाम्रा देशका नागरिकहरूका लागि समृद्ध भविष्य निर्माण गर्न हाम्रो नजिकको सहकार्यलाई निरन्तरता दिन उत्सुक छु। आगामी वर्षहरूमा उहाँको निरन्तर सफलताको लागि मेरा शुभकामना ।”
यसैबीच, भारतीय प्रधानमन्त्री मोदी आफैँ पनि सन् २०२६ जुन १० मा लगातार ४३९९ दिनसम्म पदमा रहेर भारतको लगातार सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री मोदीले स्वतन्त्र भारतमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने पण्डित जवाहरलाल नेहरूको कीर्तिमान भङ्ग गरेका हुन् । पण्डित नेहरूले निर्वाचित प्रधानमन्त्रीको रूपमा ४३९८ दिन काम गरेका थिए।












प्रतिक्रिया