दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित) « Khabarhub

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी नदी आधा थुनिएको छ।

पहिरो निरन्तर झरिरहेकाले चौलानी नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

नदी पूरा थुनिए एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले प्रशासनले तटीय क्षेत्रका नागरिक तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन भनेको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले शुक्रबार अपराह्न सम्भावित जोखिमबाट धनजनको क्षति न्यूनीकरण गर्न नदीको तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रशासनले विपद्का बेला उद्धार आवश्यक परे राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न भनेको छ। यससँगै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि जानकारी गराउन भनिएको छ।

प्रशासनले नदीको अवस्था निरन्तर अनुगमन भइरहेको जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय बासिन्दालाई नदी आसपासको क्षेत्रमा आवतजावत नगर्न पनि भनेको छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ४ : २५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को