इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो « Khabarhub

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियान ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा युरोपेली सङ्घ (इयु) औपचारिक रूपमा सहभागी भएको बताएका छन् । पश्चिम एसियामा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाब बढाउन इयुको सहभागिता महत्त्वपूर्ण भएको उनले बताएका हुन् । बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत इयुको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ्ने बताए ।

इयुले इरानलाई आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना जनतामाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको जनाएको छ । इरानमाथि थप आर्थिक दबाबका उपायमा सहकार्य गर्ने भए पनि शान्ति, तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने इयुको भनाइ छ ।

अमेरिकाले गत महिना सुरु गरेको उक्त अभियानको उद्देश्य इरानलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्नु र उसको आम्दानीका स्रोत सीमित गर्नु रहेको बेसेन्टले जनाएका छन् । अमेरिकी अर्थ मन्त्रालयले इरानको तेल कारोबार तथा प्रतिबन्ध छल्ने सञ्जालसँगै डिजिटल सम्पत्ति, प्रविधि र ढुवानीसम्बन्धी गतिविधिलाई समेत लक्षित गरेको छ ।

इयुले इरानमाथि दबाब कायम राख्दै अमेरिका, जी–७ र अन्य अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य जारी राख्ने जनाएको छ । साथै, हर्मुज जलघाँटीमा सुरक्षित नौवहन तथा क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयास आवश्यक रहेको उसले बताएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ४ : ३९ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य