छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू) « Khabarhub

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सकुशल उद्धार गरिएका सप्तरीका सञ्जयकुमार साहका बुवा रामफल साह, काका कुशेश्वर साह काठमाडौं आइपुगेका छन् । 

नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका श्रमिकमध्ये शुक्रबार बिहान दुई जनालाई जीवितै उद्धार गरिएपछि परिवारमा खुसी फर्किएको छ।

जीवितै उद्धार गरिएकामध्ये सप्तरीका ३२ वर्षीय सुपरभाइजर सञ्जय साह पनि छन् ।

नेपाल विद्युत् प्राधिकरण, सम्बन्धित कम्पनी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरुङबाट उद्धार गरेलगत्तै साहलाई हेलिकप्टरमार्फत् नुवाकोटको बट्टार लगिएको थियो।

त्यहाँबाट थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि उनलाई काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याइएको छ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ४ : ४९ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो