दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन् « Khabarhub

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

इन्जिनियर न्यौपानेले भने : जीवित या मृत कसैलाई भेट्न सकिएन


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका श्रमिकमध्ये दुई जनालाई शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ ।

जीवितै उद्धार गरिएकामध्ये एकजना सप्तरीका ३२ वर्षीय सञ्जय साह र अर्का कबीर महर्जन हुन् । सञ्जय फोरम्यान हुन् भने कबीर सुपरभाइजर हुन् । त्यसपछि त्यहाँबाट थप एकजनाको शव निकालिएको छ।

नेपाल विद्युत् प्राधिकरण, सम्बन्धित कम्पनी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरुङभित्रबाट निकालेलगत्तै दुवैलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। दुवैको अहिले नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको छ।

त्यसपछि रसुवाको भोटेकोशी बाढीका कारण सुरुङ थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसभित्र थप उद्धार टोली पसेको थियो । नेपाल विद्युत् प्राधकिरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहितको नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारका लागि माथिल्लो त्रिशूली–३ ‘ए’ को पावर हाउसमा पुगेको थियो ।

सुरुङभित्रको अवस्थालाई मध्यनजर गर्दै उद्धार टोलीले थप व्यक्तिको खोजी तथा उद्धारलाई निरन्तरता दिएको थियो । सुरुङबाट बाहिरिएलगत्तै साहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू पनि सुरक्षित रहेको जानकारी उद्धारकर्मीलाई दिएका थिए।

तर उक्त आयोजनाको सुरुङमा आफैं पसेका जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेले शुक्रबार साँझ ५ बजेसम्म अन्य थप मानिस नभेटिएको जानकारी दिएका छन् ।

‘म आफैं पनि सुरुङभित्र पसेको थिएँ। त्रिशूली थ्री ‘ए’को सुरूङभित्रका सबै भागमा एक पटक हामीले राम्रोसँग खोजबिन गर्‍यौँ’, उनले भने, ‘तर त्यहाँ कोही पनि दुवै अवस्थामा (मृत र जीवित) भेटिएनन् ।’

यसअघि के के भयो ?

भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ आयोजनाको पावर हाउस तथा सुरुङ क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीका कारण आयोजनाका सुरुङ तथा पावर हाउस क्षेत्रमा काम गरिरहेका केही कर्मचारी तथा प्राविधिक सम्पर्कविहीन भएका थिए।

सुरुङभित्र मानिसहरू फसेको जानकारी पाएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत् प्राधिकरणका प्राविधिकसहितको टोलीले खोज तथा उद्धार सुरु गरेको थियो। बाढीका कारण सुरुङभित्रको अवस्था जोखिमपूर्ण रहेकाले उद्धार कार्य सहज हुन सकेको थिएन।

उद्धारका क्रममा शुक्रबार पहिलोपटक सञ्जय साहलाई जीवितै बाहिर निकालिएको थियो। त्यसपछि कविर महर्जनलाई पनि उद्धार गरिएको हो। उनीहरूले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू जीवित र सुरक्षित रहेको जानकारी दिएपछि उद्धारमा संलग्न टोलीमा थप आशा पलाएको थियो। तर सेना, सशस्त्र र प्राधिकरणको टोली पसेर खोज्दा पनि थप अन्य मानिस नभेटिएका हुन् ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ५ : २६ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण