आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६ अक्टोबर ४ तारिख। असोज कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि, जितियापर्व र विश्व पशु दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ ।

वृष : धनलक्ष्मी योग परेको छ । व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीति र शिक्षामा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्ने योग रहेको छ।

मिथुन : मानसम्मान प्राप्त  हुनेछ। प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ । पठनपाठनमा  रुची  बढ्नेछ । नतिजाको  पर्खाइमा भए तपाईको पक्षमा नतिजा आउनेछ ।

कर्कट : दिन सामान्य छ। हरेक काममा अवरोध हुनेछ। सामाजिक काममा आंशिक फाइदा हुनेछ। संकटमा परिवारको साथ र सहयोग भने प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले उचाइ बढ्नेछ। शिक्षामा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। विपक्षीको विवादको फाइदा तपाईंलाई हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिजन्य वस्तुको व्यापारबाट नाफा हुनेछ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। अरुले तपाईको  प्रशंसा गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ला।

तुला : पठनपाठनमा मन जानेछ । शिक्षाको  क्षेत्रमा उन्नती हुने दिन  छ । पारिवारिक मेलमिलाप हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

वृश्चिक : मनमा चिन्ता बढ्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारको योग छ। आफ्ना योजना नसुनाउनु फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। निजी क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ प्राप्त हुनेछ। कार्यगत एकता गरेर गरेको कामबाट फाइदा हुने येग छ।

मकर : दिन सामान्य छ। आज गरेको लगानी डुब्ने जोखिम छ। लगानी गर्नु अगाडि सोच्नु उचित हुन्छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। सोचेको काम बन्ने योग छ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। रमाइलो गर्ने नाममा स्वास्थ्यमा ख्याल नगरे जोखिम बढ्ने खतरा छ।

मीन : दिन राम्रो छ। यात्रा सफल बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। ऋणको भार कम हुँदै जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ०९ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६