कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’ « Khabarhub

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालको राजनीतिक र न्यायिक प्रवृत्तिको तीखो आलोचना गरेका छन् । सम्बोधनका क्रममा उनले जनताबाट अत्यधिक मत पाएर लोकप्रिय बनेका जनप्रतिनिधिहरूलाई विभिन्न बहानामा कारागार पुर्‍याइने गरेको टिप्पणी गरे ।

सम्बोधनको क्रममा संरक्षक चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारमा रहँदा आफूले भैरहवा र नक्खु कारागारमा पुगेर भेटेको प्रसंग उल्लेख गरे । सोही भेटघाट र आफ्नै कारागार जीवनको भोगाइलाई जोड्दै उनले महाधिवेशनको मञ्चबाटै एउटा मार्मिक एवं व्यङ्ग्यात्मक गीत समेत गाएर सुनाए ।

उनले मञ्चबाट गीत गाउँदै भने, “चार दिवारमा थुनिएर आजभोलि मन्द छु, धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु । छातीमा छ लोगो सांसद पदको, बाटो देखायो सरकार कालो कोठरीको । चार दिवारमा थुनिएर आजभोलि मन्द छु, धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु ।” चौधरीले यो गीत गाइरहँदा महाधिवेशन स्थलमा उपस्थित सहभागीहरूले ताली र हुटिङका साथ समर्थन जनाएका थिए ।

गीतमार्फत आफ्नो र समकालीन लोकप्रिय नेताहरूको पीडा पोखेपछि चौधरीले नेपालमा धेरै लोकप्रिय हुँदा र जनताले धेरै मन पराउँदा जाने बाटो झ्यालखाना नै रहेछ भन्दै व्यङ्ग्य गरे । जनताको अभिमतबाट निर्वाचित भएर छातीमा सांसदको लोगो लगाउनेहरूलाई नै सरकारले कालो कोठरीको बाटो देखाउने गरेको उनको गुनासो थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ४२ बजे

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

राँझा– भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ

कांग्रेस अब थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : उपसभापति शर्मा

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अब थप दृढता