कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’ « Khabarhub

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालको राजनीतिक र न्यायिक प्रवृत्तिको तीखो आलोचना गरेका छन् । सम्बोधनका क्रममा उनले जनताबाट अत्यधिक मत पाएर लोकप्रिय बनेका जनप्रतिनिधिहरूलाई विभिन्न बहानामा कारागार पुर्‍याइने गरेको टिप्पणी गरे ।

सम्बोधनको क्रममा संरक्षक चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारमा रहँदा आफूले भैरहवा र नक्खु कारागारमा पुगेर भेटेको प्रसंग उल्लेख गरे । सोही भेटघाट र आफ्नै कारागार जीवनको भोगाइलाई जोड्दै उनले महाधिवेशनको मञ्चबाटै एउटा मार्मिक एवं व्यङ्ग्यात्मक गीत समेत गाएर सुनाए ।

उनले मञ्चबाट गीत गाउँदै भने, “चार दिवारमा थुनिएर आजभोलि मन्द छु, धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु । छातीमा छ लोगो सांसद पदको, बाटो देखायो सरकार कालो कोठरीको । चार दिवारमा थुनिएर आजभोलि मन्द छु, धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु ।” चौधरीले यो गीत गाइरहँदा महाधिवेशन स्थलमा उपस्थित सहभागीहरूले ताली र हुटिङका साथ समर्थन जनाएका थिए ।

गीतमार्फत आफ्नो र समकालीन लोकप्रिय नेताहरूको पीडा पोखेपछि चौधरीले नेपालमा धेरै लोकप्रिय हुँदा र जनताले धेरै मन पराउँदा जाने बाटो झ्यालखाना नै रहेछ भन्दै व्यङ्ग्य गरे । जनताको अभिमतबाट निर्वाचित भएर छातीमा सांसदको लोगो लगाउनेहरूलाई नै सरकारले कालो कोठरीको बाटो देखाउने गरेको उनको गुनासो थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ४२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको