गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ « Khabarhub

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर देश निर्माणमा योगदान गर्नुपर्ने बताएका छन् ।  

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले पुराना गल्तीहरूलाई सच्याएर अब नयाँ पुस्ताले रूपान्तरणको साथ अगाडि बढेर देश निर्माणमा योगदान गर्नुपर्ने बताएका हुन् । 

उनले कुन पार्टीले कति सत्ता चलाउने, कति वर्ष चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा देशको लागि राम्रो काम गर्ने भन्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे । राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको उनको भनाइ छ । 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ४२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको