संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन « Khabarhub

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताका छन् । 

आइतबार काठमाडौको खुल्लामञ्चमा कांग्रेसको महाधिवेशनलाई शुभकामना दिँदै अध्यक्ष लिङ्देनले विगत ६ महिनाको घटनाक्रमले मान्छे फेरेर मात्र समस्याको समाधान नहुने देखिएको भन्दै वर्तमान व्यवस्था र संविधानमा समेत त्रुटिहरू रहेकाले ती कमजोरीहरूलाई सुधारेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले संविधान गीता, बाइबल वा कुरान जस्तो चलाउनै नहुने अपरिवर्तनीय दस्ताबेज नभएकाले यसमा देखिएका त्रुटिहरू सच्याउनुपर्ने धारणा राखे । अध्यक्ष लिङ्देनले देश बिग्रँदा कुनै एउटा दल वा सत्तामा बस्नेहरूको मात्र नभई सिङ्गो देश र सबै नागरिकको क्षति हुने चेतावनी दिए ।

राजाले राजनीतिक दलहरूलाई, दलहरूले राजालाई, र दलहरूले एक–अर्का वा दलभित्रका अन्य गुटहरूलाई गर्ने निषेधको राजनीतिले देशलाई सङ्कटको मुखमा पुराएको भन्दै उनले अब निषेधको राजनीति छाडेर नयाँ समझदारी र सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिए ।

उनले देशलाई निकास दिनका लागि राजा, राजनीतिक दलहरू तथा नवयुवा पुस्ता सबैलाई एकै ठाउँमा राखेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने जिकिर गरे । यस्तो सहमतिले कसैलाई नहराउने र सिङ्गो देशले जित्ने वातावरण बन्ने उनको भनाइ छ । 


 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ४ : ५९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको