काठमाडौँ– च्याम्पियन्स लिग फुटलबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले गोलको वर्षा गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई ६–० गोल प्रहार गर्दै पीएजीले सानदार जित निकालेको हो ।
पीएसजीका लागि फाबियन रुइजले दुई तथा जोआओ नेभेस, डेजिरे डुए, सेनी मायुलु । डेभिड बोलीले एक–एक गोल गरेका थिए ।
पीएसजीले सुरुको १७ मिनेटमै चार गोल गरेको थियो । खेलको नवौँ मिनेटमा जोआओले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै, १२औँ मिनेटमा डूए, १३औँ मिनेटमा सेनी र १७औँ मिनेटमा रुइजले गोल गरेका थिए । त्यसपछि ५०औँ मिनेटमा रुइजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–० गोलले अघि बढाए । ७८औँ मिनेटमा डेभिडले गरेको गोलसँगै पीएसजी ६–० गोलले विजयी भयो ।
यो जितसँगै पीएसजी ४ खेलबाट १२ अंकका साथ अपराजित रहँदै तालिकाको शीर्षस्थानमा यथावत छ । पराजित भएको भिल्लारियल समान खेलबाट ३ अंकका साथ २९औँ स्थानमा छ ।














प्रतिक्रिया