दाङमा मौलाउँदो व्यावसायिक फूलखेती, १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य « Khabarhub

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती, १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको छ । तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक चाडपर्वलाई लक्षित गरी यहाँका किसानले सयपत्री फूलखेती गर्न थालेका छन् ।

कलाकारिता क्षेत्रमा स्थापित भएका दाङ तुलसीपुरका प्रेम विवश घर्तीले तुलसीपुर उपमहानगरपालिका-१७ स्थित जिनुवागाउँमा अन्य चार जनाको साझेदारीमा सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् । सङ्गीत पेसासँगै कृषि क्षेत्रमा जोडिनका लागि सयपत्रीबाट सुरुआत गरेको उनले बताए । 

‘कलाकारितामा आवद्ध हुँदाहुँदै अब कृषि क्षेत्रमा पनि सक्रिय हुने सोचले सयपत्री फूलखेतीबाट सुरुआत गरेको हुँ’, उनले भने ।

उनीहरूले सुगन्धित कृषि समूहमार्फत पाँच कट्ठा क्षेत्रफलमा ‘कर्म ५५५’ जातको सयपत्री रोपेका छन् । जहाँ  करिब दुई हजार ४०० बिरुवा रोपेका छन् ।

यस खेतीमा मल्चिङ गर्ने, कालो प्लास्टिक बिछ्याउने, विषादी प्रयोग गर्ने, खेत खन्ने र क्यारी बनाउने कार्यसहित झन्डै रु एक लाख लगानी भएको सुगन्धित कृषि समूहका संयोजक सुमन गिरीले बताए ।

पाँच कट्ठाबाट करिब १० क्विन्टलको हाराहारीमा फूल उत्पादन हुने अपेक्षा गरिएको छ । तिहारअघि नै एक क्विन्टलभन्दा बढी फूलको ‘अग्रिम अर्डर’ आइसकेको उनले बताए । स्थानीयस्तरमा उत्पादित फूल स्थानीयस्तरमै खपत हुनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो खेती गरिएको उनको भनाइ छ ।

सहकारीमार्फत पनि सयपत्रीखेती 

व्यक्तिगत र समूहगत प्रयासका साथै कृषि सहकारीहरू पनि व्यावसायिक सयपत्रीखेतीमा अग्रसर भएका छन् । तुलसीपुर-१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले वनकट्टामा एक बिघा जग्गा पाँच वर्षका लागि भाडामा लिएर व्यावसायिक रूपमा सयपत्रीखेती गरेको छ ।  

एक हजार २०० सदस्य रहेको यस सहकारीका कार्यसमिति सदस्य तथा कर्मचारी स्वयं खेतमा खटिएर सयपत्रीको स्याहारसुसारमा व्यस्त रहने गरेका छन् । संस्थाकी अध्यक्ष चित्रा धितालका अनुसार कट्ठाको वार्षिक रु दुई हजारका दरले जग्गा भाडामा लिएर सयपत्री रोपिएको हो । बीउ, मल्चिङ र खेत जोताइलगायतका काममा सुरुमा रु तीन लाखभन्दा बढी खर्च भएको छ ।

सहकारीले यस खेतीबाट १२ लाखदेखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको छ । फूल बिक्री गर्न टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी प्रचारप्रसार गर्दा विभिन्न ठाउँबाट माग पनि भइआएको अध्यक्ष धितालले बताए ।

पहेँलो सयपत्री

यस्तै तुलसीपुर-१५ स्थित पहरुवामा सञ्चालित ‘ग्रिनसिटी बहुउद्देश्यीय कृषि, मत्स्य तथा पशुपन्छी फार्म’ले पनि व्यावसायिक रूपमा  सयपत्री फूल तथा माला बिक्री सुरु गरेको छ । 

फार्मका सञ्चालक आशिष बिसीका अनुसार आधुनिक कृषि प्रणाली र उचित रेखदेखमार्फत आकर्षक पहेँलो तथा सुन्तले रङका ताजा सयपत्री फूलहरू उत्पादन गरिएका छन्, जुन लामो समयसम्म ताजा रहन्छन् । फार्मले थोक तथा खुद्रा दुवै मूल्यमा फूल तथा माला उपलब्ध गराएको जनाएको छ ।

स्वदेशी उत्पादनमा आत्मनिर्भरताको सन्देश

तुलसीपुर क्षेत्रमा व्यक्तिगत साना प्रयासदेखि सहकारी र ठूला कृषि फार्महरूमार्फत भइरहेको सयपत्रीखेतीले दाङलाई फूलमा आत्मनिर्भर बनाउन ठूलो मद्दत पुर्‍याएको बिसीले बताए । पछिल्लो समय यसरी सयत्रपीखेती हुने गरेको छ ।  रासस
 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ११ : ३६ बजे

परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका

कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता,

कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

काठमाडौँ– नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा

उपत्यकामा एकैदिन ६०८ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक

‘सातौँ सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङ– सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा