परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता : के भयो कुराकानी ? « Khabarhub

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता : के भयो कुराकानी ?

नेपाल-भारत सम्बन्ध र बहुआयामिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको शिष्टाचार भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने र परापूर्वकालदेखिको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ तुल्याउनेबारे विचार-विमर्श भएको छ।

परराष्ट्र मन्त्रीको निजी सचिवालयका अनुसार भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय हित, आपसी सहयोग तथा विकास निर्माणका साझा प्राथमिकताका विविध विषयमा छलफल भएको छ।

परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरेका छन् ।

दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १२ : २६ बजे

ट्रम्पको स्वीकारोक्ति : इरान युद्ध चुनावी हारको कारण

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा

अमेरिकी निर्वाचनमा ट्रम्पलाई धक्का : दुवै सदनमा डेमोक्रेटको बहुमत

वासिङ्टन– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

उदयपुर– उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा

उत्तर कोरियाद्वारा पूर्वी तटबाट क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी- उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र