काठमाडौँ – परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा बुधबार भएको शिष्टाचार भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने र परापूर्वकालदेखिको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ तुल्याउनेबारे विचार-विमर्श भएको छ।
परराष्ट्र मन्त्रीको निजी सचिवालयका अनुसार भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय हित, आपसी सहयोग तथा विकास निर्माणका साझा प्राथमिकताका विविध विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षा लगायतका विविध विषयमा पनि छलफल गरेका छन् ।
दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया