अमेरिकी निर्वाचनमा ट्रम्पलाई धक्का : दुवै सदनमा डेमोक्रेटको बहुमत « Khabarhub

अमेरिकी निर्वाचनमा ट्रम्पलाई धक्का : दुवै सदनमा डेमोक्रेटको बहुमत


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेको छ।

यससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उनका विधायिकी योजनामा अवरोध पुग्ने र प्रशासनमाथि संसदीय निगरानी तथा छानबिन बढ्ने भएको छ।

जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदातामा देखिएको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिबिम्बित भएको छ। निर्वाचनको परिणाम स्वीकार गर्ने बताएका राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको भन्दै प्रशंसासमेत गरे। 

यद्यपि, रिपब्लिकनको पराजयलाई आफ्नो व्यक्तिगत हारका रूपमा स्वीकार गर्न उनले अस्वीकार गरेका छन्।

डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना र उत्तरी क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन्। मेनमा डेमोक्रेटिक उम्मेदवार ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गरेका छन्।

त्यस्तै, जर्जियामा केइशा ल्यान्स बटम्स निर्वाचित भइन्। उनी अमेरिकाको इतिहासमा गभर्नर बन्ने पहिलो अश्वेत महिला बनेकी छन् ।

कङ्ग्रेसका दुवै सदनमा बहुमत हासिल गरेपछि डेमोक्रेटहरूले ट्रम्प प्रशासनका विभिन्न नीतिमाथि छानबिन अघि बढाउन सक्नेछन्। विशेषगरी इरानसँगको युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमा प्रशासनलाई जवाफदेही बनाउन उनीहरूले संसदीय अधिकार प्रयोग गर्न सक्नेछन्। साथै, ट्रम्पले अघि सारेका विधेयक तथा सरकारी अधिकारीको नियुक्तिमा समेत अवरोध गर्न सक्नेछन्।

प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीज आगामी जनवरीमा सभामुख निर्वाचित हुने सम्भावना छ। उनी निर्वाचित भए अमेरिकी इतिहासमा प्रतिनिधिसभाको सभामुख बन्ने पहिलो अश्वेत व्यक्ति बन्नेछिन्।

निर्वाचनको परिणाम स्वीकार गर्ने बताए पनि राष्ट्रपति ट्रम्पले आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले भारी मतान्तरले जित्ने दाबी गरेका छन्। उनले डेमोक्रेटहरूले पारित गर्ने विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनीसमेत दिए ।

कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटहरूको नियन्त्रण कायम भएपछि आगामी दुई वर्ष ह्वाइट हाउस र कङ्ग्रेसबीच नीतिगत मतभेद तथा राजनीतिक टकराव बढ्न सक्ने देखिएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १२ : ५७ बजे

इरानका सात सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने, के-के हुन सर्त ?

तेहरान- इरानले आफ्ना सातवटै सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी पुनः नखोल्ने

नेपाल प्रहरीको आईजीपीमा डा. मनोजकुमार केसी नियुक्त

काठमाडौँ – सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा.

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

नयाँदिल्ली-  भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

एजेन्सी– चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ– सात वटा समस्याग्रस्त सहकारीले  १२२ जनाको बचतकर्ताको बचत रकम