काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह मन्त्रालयमा पुगेका छन् ।
केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको हो । उनले आजै पदभार ग्रहण गर्ने भएका छन् ।
केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने हुनाले उनी मन्त्रालयमा पुगेका हुन् ।
दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

















प्रतिक्रिया