काठमाडौं– भिसा इन्टरनेसलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक लिमिटेडको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको कार्यसम्पादनलाई मूल्याङ्कन गर्दै सम्मान गरिएको छ ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि कुमारी बैंक ‘सीमापार व्यावसायिक कारोबारमा उत्कृष्टता’ तथा ‘उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट प्रमुख ग्राहक’ विधामा सम्मानित भएको छ ।
बैंकका अनुसार स्थापनाकालदेखि नै बैंकिङ्ग सेवामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै डिजिटल बैंकिङ्ग, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिएको छ । आगामी दिनहरूमा पनि ग्राहकहरूको आवश्यकता अनुरूप थप उन्नत, सुरक्षित तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै डिजिटल रूपान्तरणको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता बैंकले गरेको छ ।














प्रतिक्रिया