पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना « Khabarhub

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरी विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने एक ट्रेकिङ एजेन्सीलाई अध्यागमन विभागले ५० हजार जरिवाना गरेको छ।

बेल्जियमका दुई नागरिकलाई आवश्यक पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई जरिवाना गरिएको विभागले जनाएको छ । एजेन्सीलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम कारबाही गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र तथा घटनासम्बन्धी विवरण अध्ययन गर्दा एजेन्सीले प्रचलित कानुन उल्लङ्घन गरेको पाइएपछि जरिवाना गरिएको विभागले स्पष्ट पारेको छ ।

घटनामा संलग्न गाइडको व्यावसायिक आचरण र इजाजतपत्रसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न पर्यटन विभाग र बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयलाई समेत पत्राचार गरिएको विभागले जनाएको छ ।

विभागले पदयात्रा अनुमति नलिई पर्यटकलाई कुनै पनि क्षेत्रमा नलैजान तथा अनुमति प्राप्त गर्दा तोकिएका सर्त पूर्ण रूपमा पालना गर्न ट्रेकिङ एजेन्सी र गाइडलाई आग्रह गरेको छ ।

अनुमतिबिना पर्यटकलाई निषेधित क्षेत्रमा लैजाने तथा सम्बन्धित निकायको निर्देशन अवज्ञा गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ७ : १५ बजे

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै

चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ

सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुटबल

बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता, विजेतालाई २ लाख २२ हजार पुरस्कार

म्याग्दी – म्याग्दीको बेनीमा चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता