सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा « Khabarhub

सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा प्रवेश गरेको छ । 

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइजलाई ट्राइबेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले उपाधि यात्रालाई अघि बढाएको हो । महेन्द्र माविको खेलमैदानमा भएको उक्त खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । 

प्रतिस्पर्धात्मक खेलमा न्यू स्टारका सञ्जय श्रेष्ठले खेलको २६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६४औँ मिनेटमा प्लानिङ ब्वाइजका अनिष परियारले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । दुवै टोलीले जितका लागि निरन्तर प्रयास गरे पनि निर्धारित समयमा थप गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।  

खेलका क्रममा पटक–पटक कर्नर किकको अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा प्लानिङ ब्वाइजले अग्रता लिन सकेन ।  अन्ततः ट्राइबेकरमा न्यू स्टारले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो  । यस्तैगरी, प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल बिहीबार  सङ्खुवासभाको लोहरुङ क्लब र सेकाहा सामुदायिक क्लबबीच हुनेछ ।

 लोहरुङ क्लबले क्वाटरफाइनलमा सिरहाको सलहेश युवा क्लबलाई पराजित गरेको हो भने सेकाहा सामुदायिक क्लबले झापा–११ लाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु जिल्लाको प्रतिनिधित्व गरिरहेका लोहरुङ र सेकाहामध्ये एउटा टोलीले फाइनलमा स्थान बनाउनेछ ।

यही कात्तिक २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताए । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले रु तीन लाख  पुरस्कार प्राप्त गर्नेछन् । 

त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही रु सात हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।  प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद रु १० हजार प्राप्त गर्नेछन् ।

 एडभान्स क्लब  मानेभञ्याङको आयोजनामा गत सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ७ : ४७ बजे

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा

अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता

तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

झापा – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ