चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन « Khabarhub

चाडपर्वमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन ऊर्जामन्त्रीको निर्देशन


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्राधिकरण सञ्चालक समितिको बैठकअघि आज कार्यकारी निर्देशक तथा कर्मचारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले चाडपर्वका समयमा बढ्न सक्ने विद्युत् मागको पूर्वानुमान र विश्लेषण गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

उनले मागअनुसार पर्याप्त विद्युत् उपलब्ध गराउन तथा कुनै पनि क्षेत्रमा अनावश्यक विद्युत् अवरोध हुन नदिन आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, आगामी सुख्खायाममा विद्युत् आपूर्तिलाई भरपर्दो र नियमित बनाउन आन्तरिक उत्पादन तथा विद्युत् आयातको सम्भावनासमेत विश्लेषण गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

सुख्खायाममा हुन सक्ने विद्युत् माग र उपलब्धताको यथार्थ मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापनका लागि तत्काल चाल्नुपर्ने कदमसहित विस्तृत कार्ययोजना आगामी बैठकमा पेस गर्न उनले प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ७ : ५२ बजे

अमेरिकी नीतिमा परिवर्तनको आशा गर्नु भ्रम हो : इरानी सर्वोच्च नेता

तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका

बिर्तामोडमा आगलागीबाट छ करोड बराबरको क्षति

झापा – झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब रु छ

इजरायलको निर्वाचनमा धाँधली भएको छैन : आयोग

जेरुसेलम– इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा धाँधली भएको कुनै