ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका– ५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी गुरुङले बताए । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १० : १८ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको