काभ्रे– काभ्रेको पनौती नगरपालिकाका किसान बिहानैदेखि आलु खेतीमा व्यस्त देखिएका छन् ।
चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहारसम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय भएका हुन् । आलु यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको छ ।
गत आर्थिक वर्ष नेपालमा आलुको उत्पादन करिब ३३ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ । पनौती नगरपालिका कृषिप्रधान क्षेत्र भएकाले यहाँको आलु उत्पादनले स्थानीय बजारसँगै किसानको आम्दानीमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

























प्रतिक्रिया