नेकपा अध्यक्ष प्रचण्ड आज दिल्ली जाँदै « Khabarhub

नेकपा अध्यक्ष प्रचण्ड आज दिल्ली जाँदै


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड आइतबार साँझ दिल्ली उड्ने कार्यक्रम रहेको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका दलसँग एकतापछि बनेको नेकपा संयोजक रहेका प्रचण्ड जेनजी आन्दोलनपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रचण्डले दिल्लीमा नेकपा निकट प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड सन्देश सभालाई सम्बोधन गरे लगत्तै सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रचण्डको दिल्ली बसाइका अन्य भेटवार्ताबारे भने केही खुलाइएको छैन ।

नेपाली समाज भारतका महासचिव आरबी खड़काका अनुसार प्रचण्डले सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

उनले विज्ञप्ति सार्वजनिक गर्दै नेपाली समाज भारतको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” हुन लागेको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमप्रति भारतभर रहनुहुने नेपाली समुदायमा उत्साह बढ्दै गएको छ।’

फगुन २१ गतेका लागि तोकिएको चुनाव अगाडि हुन लागेको प्रचण्डको दिल्ली यात्रालाई कतिपयले भने शंकाको दृष्टिले हेरेका छन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ८ : ५८ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि