ताप्लेजुङ– ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा यस वर्ष दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा गत मङ्सिर ६ गते पनि हिमपात भएको थियो ।
हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अवस्थित पाथीभरा क्षेत्रमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।
पाथीभरामा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ । यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।













प्रतिक्रिया