भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु « Khabarhub

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– भूमि समस्या समाधान आयोगका जिल्ला समितिहरु पुनः सक्रिय भएका छन् । आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि जिल्लास्तरमा पुनः काम सुरु भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसमेतको उपस्थितिमा बसेको जिल्ला समितिको बैठकले आगामी माघ २५ गतेभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको विवरण उपलब्ध गराउन पालिकाहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

सोही निर्णयका आधारमा जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिएको समिति सदस्यसचिव एवं नापी कार्यालयका प्रमुख विनोदप्रसाद भट्टले बताए ।

पालिकाहरूलाई पठाएको पत्रमा सबै वडाबाट सङ्कलित आवेदन आयोगको कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने, वडा तथा स्थानीय तह सहजीकरण समिति गठन गर्ने, कार्यविधिबमोजिम दाबीविरोधका सूचना टाँस गरी आवेदनमाथि आवश्यक छानबिन गरी प्रमाणीकरण गर्न भनिएको छ ।

यस्तै, मागबमोजिम प्रमाणीकरण नभएका आवेदनहरूको सूची टाँस गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई नियमानुसार उपलब्ध गराउन सकिने जग्गाको विवरण एकिन गरी कार्यपालिकाबाट निर्णय गर्नेलगायत काम गर्ने, वडा तह तथा कार्यपालिकाबाट सूचना एवं निर्णय प्रमाणीकरण भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको विवरण जिल्ला समितिमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

स्थानीय तहहरूबाट विवरण उपलब्ध भएपछि आयोगको जिल्ला समितिले अन्य काम अघि बढाउने जनाएको छ । समितिले भूमिहीन सुुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्नेसम्मको अधिकार पाएको छ ।

जिल्लामा अहिलेसम्म तीन हजार जनाको आवेदन दर्ता भएको र साढे तीन हजारको हाराहारीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको छ । (रासस)

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ११ : २६ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को