समुदायमा आधारित रोग निगरानी निर्देशिका २०८२ लागू, जलवायु परिवर्तन र नयाँ रोगसँग जुध्न सहयोगी « Khabarhub

समुदायमा आधारित रोग निगरानी निर्देशिका २०८२ लागू, जलवायु परिवर्तन र नयाँ रोगसँग जुध्न सहयोगी


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ कार्यान्वयनमा आएको छ । 

जलवायु परिवर्तन, नयाँ तथा पुनःउदीयमान संक्रामक रोगहरूको बढ्दो जोखिमलाई मध्यनजर गर्दै ल्याइएको यो निर्देशिकाले समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

निर्देशिकाअनुसार समुदायमा देखिने अनपेक्षित जनस्वास्थ्य घटना तथा संक्रामक रोगहरूको तत्काल पहिचान गर्न विशेष व्यवस्था गरिएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा सामाजिक अगुवामार्फत २४ घण्टाभित्र स्वास्थ्य संस्थामा सूचना प्रवाह गर्ने प्रणालीलाई प्रभावकारी बनाइने मन्त्रालयले जनाएको छ ।

यस निर्देशिकामा सोमर्स र इवार्स जस्ता आधुनिक डिजिटल प्रणाली प्रयोग गरी तथ्यांक संकलन र विश्लेषण गर्ने व्यवस्था गरिएको छ, जसले रोगको फैलावटको समयमै निगरानी गर्न सहयोग पुर्‍याउनेछ। साथै संघ, प्रदेश र स्थानीय तहबीच तीन तहको समन्वय र स्पष्ट जिम्मेवारी बाँडफाँडलाई प्राथमिकता दिइएको छ ।

जोखिमको स्तरका आधारमा तत्काल रेस्पोन्स टोली (आरआरटी) परिचालन गरी रोग नियन्त्रण र रोकथामका कामहरू छिटो अघि बढाइने व्यवस्था पनि निर्देशिकाको मुख्य विशेषता हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समुदायमा कुनै पनि अनपेक्षित स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ को नम्बर १११५ मा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

नागरिकको सक्रिय सहभागिताले मात्रै समुदायमा आधारित रोग निगरानी प्रणाली प्रभावकारी बन्न सक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १२ : ४६ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को