समुदायमा आधारित रोग निगरानी निर्देशिका २०८२ लागू, जलवायु परिवर्तन र नयाँ रोगसँग जुध्न सहयोगी « Khabarhub

समुदायमा आधारित रोग निगरानी निर्देशिका २०८२ लागू, जलवायु परिवर्तन र नयाँ रोगसँग जुध्न सहयोगी


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ कार्यान्वयनमा आएको छ । 

जलवायु परिवर्तन, नयाँ तथा पुनःउदीयमान संक्रामक रोगहरूको बढ्दो जोखिमलाई मध्यनजर गर्दै ल्याइएको यो निर्देशिकाले समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

निर्देशिकाअनुसार समुदायमा देखिने अनपेक्षित जनस्वास्थ्य घटना तथा संक्रामक रोगहरूको तत्काल पहिचान गर्न विशेष व्यवस्था गरिएको छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा सामाजिक अगुवामार्फत २४ घण्टाभित्र स्वास्थ्य संस्थामा सूचना प्रवाह गर्ने प्रणालीलाई प्रभावकारी बनाइने मन्त्रालयले जनाएको छ ।

यस निर्देशिकामा सोमर्स र इवार्स जस्ता आधुनिक डिजिटल प्रणाली प्रयोग गरी तथ्यांक संकलन र विश्लेषण गर्ने व्यवस्था गरिएको छ, जसले रोगको फैलावटको समयमै निगरानी गर्न सहयोग पुर्‍याउनेछ। साथै संघ, प्रदेश र स्थानीय तहबीच तीन तहको समन्वय र स्पष्ट जिम्मेवारी बाँडफाँडलाई प्राथमिकता दिइएको छ ।

जोखिमको स्तरका आधारमा तत्काल रेस्पोन्स टोली (आरआरटी) परिचालन गरी रोग नियन्त्रण र रोकथामका कामहरू छिटो अघि बढाइने व्यवस्था पनि निर्देशिकाको मुख्य विशेषता हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समुदायमा कुनै पनि अनपेक्षित स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ को नम्बर १११५ मा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

नागरिकको सक्रिय सहभागिताले मात्रै समुदायमा आधारित रोग निगरानी प्रणाली प्रभावकारी बन्न सक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १२ : ४६ बजे

गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान

काठमाडौं– सम्पादक समाज नेपालले आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको

वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी