एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने « Khabarhub

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ७४६ औं बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले हाल कायम रहेको साधारण सेयरको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

यस अन्तर्गत बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

उक्त हकप्रद सेयर जारी गर्नका लागि बैंकले नेपाल राष्ट्र बैंक समक्ष पूर्व स्वीकृतिको माग गर्दै पत्र पठाएको छ । राष्ट्र बैंकबाट सहमति प्राप्त भए पश्चात् सो प्रस्तावलाई बैंकको आगामी वार्षिक साधारण सभामा अन्तिम स्वीकृतिका लागि पेश गरिने बैंकका कम्पनी सचिव कमल खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : ०० बजे

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक

काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस

रास्वपाकी नगर उपाध्यक्ष नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपाध्यक्ष पूजा बस्नेत

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक

पोखरा विमानस्थल प्रकरण : पूर्वसचिव मरासिनीसहित पाँच जनालाई राहत, साधारण तारेखमा राख्न आदेश

काठमाडौं- विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको एउटा