अछाममा विद्यालय परिसरबाटै १३ वर्षीया अपहृत, चार दिनदेखि अवस्था अज्ञात « Khabarhub

अछाममा विद्यालय परिसरबाटै १३ वर्षीया अपहृत, चार दिनदेखि अवस्था अज्ञात


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा एउटा विद्यालय परिसरबाटै किशोरी अपहरणमा परेकी छन्। जिल्लाकव बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढको सरस्वती माध्यमिक विद्यालय परिसरबाट कक्षा ७ मा अध्ययनरत १३ वर्षीया किशोरी अपहरणमा परेकी हुन्।

विद्यालयबाट घर फर्किन लागेकी उनलाई गत बिहीबार रामारोशन गाउँपालिका वडा नम्बर ७ निवासी ३५ वर्षीय सन्तोष ऐडी र उनकी पत्नी झरना साउँदले घर पुर्‍याइदिने भन्दै मोटरसाइकलमा हालेर लगेको खुलेको छ।

मोटरसाइकलमा चढाउने क्रममा किशोरीले रोइकराइ गरेर किशोरीले सहयोग पनि मागेकी थिइन् । घटनाबारे जयगढ प्रहरी चौकीलाई खबर गरिएको थियो । तर खोजीमा चासो नदिएको पीडित परिवारले जनाएको छ ।

बिहीबार साँझ नै प्रहरीलाई जानकारी गराए पनि किशोरीको अवस्था अज्ञात छ। घटनामा संलग्न रहेको आरोपमा सन्तोषकी पत्नी झरना साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले अपहरणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको जानकारी दिएका छन्। झरना प्रहरी नियन्त्रणमा आए पनि सन्तोष र किशोरी भेटिएका छैनन् ।

घटनापछि किशोरीका परिवार तनावमा छन् । विद्यालयबाटै किशोरी गायब भएपछि स्नीयवासी त्रसित छन्। प्रहरीले पनि सूचना पाउनेबित्तिकै खोजी नगरिदिएको गुनासो परिवारजनले गरेको छ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १ : २२ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान