शम्भुजित बास्कोटालाई मातृ शोक « Khabarhub

शम्भुजित बास्कोटालाई मातृ शोक


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार शम्भुजित बास्कोटाकी आमाको निधन भएको छ । उनकी आमा मिटूको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।

१०६ वर्षकी मिटूको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आइतबार बिहान चाबहिलको ओम अस्पातालमा लगिएको थियो । त्यही उनको निधन भएको गायक बास्कोटा निकट एक कलाकारले बताए ।

आमाको निधनपछि बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आमाले मलाई एक्ले छोडेर यो संसारबाट सधैँका लागि बिदा लिनुभयो ।’

यही पोस्टमा कलाकारहरु रामकृष्ण ढकाल, पुस्कर गुरुङ, दीपाश्री निरौला, दीपकराज गिरी, सत्यराज आचार्य, निर्देशक प्रदीप भट्टराई लगायतले श्रद्धाञ्जली दिएका छन् ।

मिटूको आजै अन्त्येष्टि गरिनेछ । उनका चार सन्तान छन् । उनका तीन छोरी र एक छोरा हुन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ०१ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै