दलसम्बद्ध अन्तरिम सरकारका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुपर्छ : रघुवीर महासेठ « Khabarhub

दलसम्बद्ध अन्तरिम सरकारका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्नुपर्छ : रघुवीर महासेठ


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध अन्तरिम सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन् ।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव महासेठले चुनावी सरकारमा गएका मन्त्रीहरू आफ्नो नैतिकताविपरीत राजनीतिक क्रियाकलापमा सक्रिय रहेकाले राजीनामा दिनुपर्ने र राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका हुन् ।

पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरूले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्ने उनले बताए ।

महासेठले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने वातावरण सरकारले बनाउन नसकेको आरोप समेत लगाए । सरकार आफैँ निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै महासेठले निर्वाचन हुने वातावरण बने एमाले नभाग्ने स्पष्ट पारे ।

उनले जेन-जी आन्दोलनका क्रममा लुटिएका हजारौं हतियार र भागेका कैदीहरू फिर्ता हुन नसकेको अवस्थामा भयरहित र निष्पक्ष चुनाव हुनेमा आशंका रहेको धारणा राखे ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : ५६ बजे

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली