दाङ- प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्वर २ ले महासचिव महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।
आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए ।
यो महासचिव पोखरेलको गृह क्षेत्र हो । यसअघि २०७९ को निर्वाचनमा पोखरेल थोरै मतले पराजित भएका थिए।
दाङ क्षेत्र नम्बर २ मा तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी थिइन्।
अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए । २०७९ मा विजयी शर्माको नाम नेकपाले सिफारिस नगर्दा पोखरेल भने एकल सिफारिसमा परेका हुन् ।













प्रतिक्रिया