युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सहभागिता बढ्यो : सुरेन्द्र बस्नेत « Khabarhub

युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा सहभागिता बढ्यो : सुरेन्द्र बस्नेत


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आफ्नो कार्यकालमा युवाको सर्वाङ्गीण विकासमार्फत राष्ट्र निर्माणमा युवाहरूको सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण कामहरू भएको बताएका छन् ।

चारवर्षे कार्यकाल पुरा गरि बिदा हुनुअघि आइतबार भक्तपुरस्थित परिषद्को कार्यालयमा आफ्नो कार्यकालमा भएको कामको श्रवेतपत्र सार्वजनिक गर्दै बस्नेतले सीमित स्रोत साधनकाबीच युवाहरूलाई मुलुक निर्माणको साझेदार बनाउने उद्देश्यका साथ महत्वपूर्ण कामहरू भएको बताए ।

यसबीचमा राष्ट्रिय युवा नीति २०८२ जारी गरिएको, युवा उद्यम कार्यक्रम अन्तर्गत बिनाधितो उपलब्ध गराइएको १९ करोड बराबरको कर्जा असुलउपर गरि सरकारी कोषमा फिर्ता गरिएको, युवाहरूको नेतृत्व विकास र कूटनीतिक क्षमता अभिवृद्धि गर्ने काम भएको उनले जानकारी दिए ।

त्यसैगरी उनले स्वास्थ्य, शिक्षा, रोजगार लगायत विपद व्यवस्थापनदेखि कलासहित्यसम्मको क्षेत्रमा युवाहरूका भूमिकालाई प्रभावकारी बनाउन आवश्यक क्रियाकलाप भएको बताए ।

उनले युथ भिजन २०३५ अविलम्व जारी गर्ने, युवा स्टार्टअप सम्बन्धी सबै छरिएर रहेका कार्यक्रमहरूलाई एकीकृत गरि युवा परिषद्मार्फत सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

बस्नेतलाई तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७८ साल पुष २१ गते परिषद्को कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको थियो । कार्यक्रममा परिषद्का कर्मचारीहरूले बस्नेतलाई बिदाई गरेका थिए । 

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : २९ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय