अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघको मान्यताविपरीत « Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धका जानकारले भने : भेनेजुएलामा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघको मान्यताविपरीत


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाद्वारा भेनेजुएलामाथि हालै गरिएको सैन्य आक्रमणप्रति अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार एक बैठक गरेर अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूको अन्तरक्रियाबाट उक्त निष्कर्ष निकालिएको डा. हरि प्रकाश चन्दले बताए ।

कुनै पनि सार्वभौम राष्ट्रको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता तथा सार्वभौमिकताको सम्मान गर्नु अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त भएकोले यस प्रकारको बल प्रयोग संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २(४) विपरीत रहेको उनीहरूले जनाएका छन् ।

‘अन्तर्राष्ट्रिय विवादहरूको समाधान संवाद, कूटनीति र शान्तिपूर्ण उपायहरू मार्फत खोजिनुपर्ने मान्यतामा दृढ विश्वास राख्दछौं । एकपक्षीय सैन्य हस्तक्षेपले विश्व शान्ति, क्षेत्रीय स्थायित्व तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालाई कमजोर बनाउने जोखिम रहेको हाम्रो ठहर छ’, विज्ञप्तीमा उल्लेख छ।

‘हामी हाम्रो देशको परराष्ट्र नीतिमा दृढ विश्वास गर्दछौँ । असंलग्नता, पञ्चशीलका सिद्धान्तहरू, विश्व शान्तिको मान्यता, अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्र हाम्रो देशको परराष्ट्र नीतिका आधारस्तम्भहरू हुन्’, वक्तव्यमा भनिएको छ, ‘यी आधारस्तम्भले विश्वका हरेक मुद्दालाई शान्तिपूर्ण संवादमार्फत् समाधान गर्न जोड दिन्छन्। अमेरिका र भेनेजुएलाबीचका मुद्दालाई पनि शान्तिपूर्ण कूटनीतिक मध्यमबाट समाधान गर्न हामी अपील गर्दछौँ ।’

युद्धको सुन्दर विकल्प शान्तिपूर्ण सह-अस्तित्वको सम्बन्ध नै भएको र अन्तर्राष्ट्रिय सम्बन्धमा आपसी मतभिन्नताहरुलाई शान्तिपूर्ण कूटनीतिक पहलकदमीद्वारा समाधान गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

एक्काइसौँ शताब्दीको विश्व- युद्ध, रक्तपात, दवदवा, नियन्त्रण, मानव अधिकारको गम्भीर उल्लंघन र निर्देशीत प्रजातन्त्रबाट मुक्त रही समान सम्बन्ध, सम्मानपूर्ण व्यवहार, र विश्वासपूर्ण कुटनीतिक संवादमा आधारित हुनुपर्ने विज्ञहरूले बताएका छन् ।

महाशक्ति राष्ट्रले मानव जातिको साझा भविष्य र गन्तब्य पूरा गर्न युद्ध र सैन्य आक्रमणको विधिलाई त्यागेर विश्वका सम्पूर्ण देशलाई साझा गन्तव्यको साझेदार मान्न अपील गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ३१ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी