कहिले भीटेन अघि, कहिले यम बुद्ध, लाहुरे निकै पछाडि « Khabarhub

कहिले भीटेन अघि, कहिले यम बुद्ध, लाहुरे निकै पछाडि


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले नेपाली र्‍याप सिनको प्राइममा रहेका र्‍यापर भिटेनको गीत ‘यात्रा’ र यमबुद्धको गीत ‘साथी’ युट्युबमा सर्वाधिक भ्युज पाउने दौडमा देखिएका छन् ।

केही वर्षअघिसम्म युट्युबमा सर्वाधिक भ्युज पाउने गीतको दौडमा आशिष राना ‘लाहुरे’को गीत ‘सुपररागा’ र भीटेनको गीत ‘हाल खबर’ थिए । त्यसबेला यो दौडमा यमबुद्ध थिएनन् ।

अहिले लाहुरे यो दौडबाट पछि छोडिएका छन् । उनको ‘सुपररागा’ले ३ करोड ७२ लाखभन्दा केही बढी मात्रै भ्युज पाएको छ । जबकी भिटेनको दोस्रो सर्वाधिक भ्युज पाउने गीत ‘हालखबर’ले ४ करोड १२ लाखभन्दा बढी भ्युज पाएको छ ।

नेपाली र्‍याप सिनका लागि दुलर्भ मानिने ५ करोड (५० मिलियन) भ्युजको सफलता कटाउने दुई गीत भीटेनको ‘यात्रा’ र यमबुद्धको ‘साथी’ हुन् ।

सबैभन्दा बढी झन्डै ३ करोड युट्युब सस्क्राइबर भएका भिटेनको ‘यात्रा’ले ५ करोड ८१ लाखभन्दा बढी भ्युज पाएको छ । यो गीत सर्वजजिक भएको आगामी फेब्रुअरीमा ६ वर्ष पूरा हुन्छ ।

१४ वर्षअघि सार्वजनिक भएको यमबुद्धको ‘साथी’ले ५ करोड ७९ लाखभन्दा बढी भ्युज पाएको छ । ‘साथी’भन्दा २ लाख बढी भ्युज ‘यात्रा’ले पाएको छ । ‘साथी’ र ‘यात्रा’ अहिले अघिपछि भइरहन्छन् ।

यमबुद्धको निधन भएको करिब ९ वर्ष भयो । अहिले पनि उनको गीतले दर्शकबाट उत्तिकै साथ पाएको छ । अहिले प्राइममा रहेका भीटेनसँग सर्वाधिक भ्युजको दौडमा ‘साथी’ रहनु यसको प्रमाण हो ।

‘साथी’ गीतले नेपाली र्‍यापको धार नै परिवर्तन गरेको थियो । लागुऔषध, क्लब, युवती र लक्जरी जीवनशैलीबारे र्‍याप गीत बन्ने त्यस अवस्थामा यमबुद्धले साथीको वियोगको सम्झनामा ‘साथी’ गीत निकालेका थिए ।

त्यसयता यथार्थवादी गीतको महोल भएको हो । सोहीकारण यस गीत नेपाली हिपहपको कोशेढुंगा मानिन्छ । यमबुद्धलाई यही गीतले स्टार बनाएको थियो ।

प्राइममा रहेका बेलै आत्माहत्या गरी दर्शकबाट दूरी बनाएका यमबुद्धलाई दर्शकले बिर्सन सकेका छैनन् । उनका लोकप्रिय गीतहरुले उनलाई अमर बनाएको छ ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : ५६ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको