उम्मेदवार छनौट र पार्टी एकता अघि बढाउन रास्वपाले बनायो दुई उपसमिति « Khabarhub

उम्मेदवार छनौट र पार्टी एकता अघि बढाउन रास्वपाले बनायो दुई उपसमिति


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुईवटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।

आइतबार केन्द्रीय कार्यालय बनस्थलीस्थित घण्टीघरमा बसिरहेको केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय भएको हो ।

प्रवक्ता मनिष झाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरिएको छ।

यस उपसमितिलाई योग्य उम्मेदवार एवम् छनोट प्रक्रिया समेतको सिफारिस गर्ने जिम्मेवारी दिने निर्णय भएको झाले बताएका छन् ।

यस उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ।

अर्कातिर पार्टी एकता र समायोजनलाई सहजीकरण र निस्कर्षमा पुर्‍याउन महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ‘पार्टी एकता समायोजन उपसमिति’ गठन गर्ने अर्को निर्णय पनि भएको छ।

प्रवक्ता झाका अनुसार यस उपसमितिका सदस्यहरू पनि पार्टी सचिवालयले मनोनयन गर्ने भएको छ। सभापति रवि लामिछाने जेलबाट छुटेयता पहिलो पटक रास्वपा केन्द्रीय समिति बैठक बसेको हो ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ४ : २६ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको