काठमाडौं– माया ग्रुपले नेपाली क्रिकेटलाई थप मजबुत बनाउने उद्देश्यसहित नौ जना नेपाली क्रिकेट खेलाडीसँग प्रायोजन सम्झौता गरेको छ।
आइतबार आयोजित कार्यक्रममा माया ग्रुपले राष्ट्रिय टोलीका स्थापित तथा उदीयमान खेलाडीलाई आर्थिक र व्यावसायिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको हो। सम्झौता दुई वर्षका लागि गरिएको बताइएको छ।
प्रायोजन सम्झौतामा नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, यू–१६ क्रिकेट खेलेका प्रसिद्ध जैसी, सुशील रावल तथा नेपाली यू–१९ महिला टोलीकी उपकप्तान सोनी पाख्रिन समावेश छन्।
माया ग्रुपले यस सहकार्यले खेलाडीहरूको क्षमता विकासमा सहयोग पुग्ने र नेपाली क्रिकेटको भविष्य थप उज्यालो हुने विश्वास व्यक्त गरेको छ।













प्रतिक्रिया