अनिल कपूरले किने ‘नायक’को अधिकार, सिक्वेल बन्ने सम्भावना बलियो « Khabarhub

अनिल कपूरले किने ‘नायक’को अधिकार, सिक्वेल बन्ने सम्भावना बलियो


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड चर्चित बलिउड अभिनेता अनिल कपूरले आफ्नो फिल्म ‘नायक : द रियल हिरो’ को अधिकार आफैँले खरिद गरेका छन्। सन् २००१ मा रिलिज भएको यो फिल्म २५ वर्षपछि फेरि चर्चामा आएको छ।

बलिउड हंगामाको रिपोर्टअनुसार, अनिल कपूरले फिल्मको अधिकार लिएसँगै यसको सिक्वेल बन्ने सम्भावना बलियो भएको बताइएको छ। पहिले निर्माता दीपक मुकुटसँग रहेको अधिकार हाल अनिल कपूरको हातमा आएको हो।

स्रोतका अनुसार, ‘नायक’ अनिल कपूरको करियरको एक विशेष फिल्म भएकाले उनी यसको कथा अगाडि बढाउन इच्छुक छन्। दर्शकबाट लामो समयदेखि पाएको माया र कथाको समसामयिक महत्वलाई मध्यनजर गर्दै सिक्वेलको योजना अघि बढ्न सक्ने चर्चा छ।

फिल्म ‘नायक’ मा अनिल कपूरले २४ घण्टाका लागि मुख्यमन्त्री बन्ने साधारण व्यक्तिको भूमिका निभाएका थिए, जसले राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउँछ। फिल्म समयसँगै कल्ट क्लासिक बनेको थियो। यसमा रानी मुखर्जी, परेश रावल र जॉनी लिभरले पनि महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : २६ बजे

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध