काठमाडौँ– भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आज महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका छन्।
विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप हुनु हुँदैन र त्यहाँको सार्वभौमसत्ताको रक्षा गरिनुपर्छ भन्ने माग राखेका थिए।
उनीहरूले अमेरिकामाथि तत्काल आफ्नो नीति फिर्ता लिन र भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्नुपर्ने आवाज उठाएका छन्।
छोटो समयको लागि आयोजित यो प्रदर्शनमा विद्यार्थीहरूले नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए र दूतावासको वरिपरि शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए।























प्रतिक्रिया