सात दिनभित्र बयानमा आउन ओलीलाई जाँचबुझ आयोगको पत्र « Khabarhub

सात दिनभित्र बयानमा आउन ओलीलाई जाँचबुझ आयोगको पत्र


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र थमाएको छ।

आयोगको टोलीले भक्तपुरको गुण्डुस्थित उनको निवासमै पुगेर सात दिनभित्र बयान आउनुपर्ने व्यहोराको पत्र थमाएको हो ।

पूर्वप्रधानमन्त्री ओलीको निवासमै पत्र पुगेको सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले बताएका छन् ।

आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न सबैजसोसँग बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले कार्यालयमै बोलाएर बयान लिएको छ।

तत्कालीन प्रधानमन्त्री ओलीले आयोगलाई बयान नदिने अडान राखेका छन् । उनले कार्कीको योग्यता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाइरहेका छन् । कार्कीले आफू आयोगको संयोजक हुनुअघि नै आफ्नो धारणा राखिसकेकाले उनले आफ्नो बयान लिन नसक्ने तर्क गर्दै आएका छन् ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ६ : १२ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले